इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना पक्राउ


२८ श्रावण २०७९, शनिबार


जाभा । इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले ३४ जनालाई पक्राउ गरेको छ । सरकारी खरिदसम्बन्धी काममा भ्रष्टाचार गरेको आरोपमा उनीहरु प्रकाउ परेका हुन्।

पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो ।

केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरु जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिए।

‘धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,’ उनले भने। पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस