वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै वाईसीएल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै वाईसीएल


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट भातृ सङ्गठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा सङ्गठन बेरोजगारहरूको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागिर पेसा भन्दा बाहिर रहेका युवाहरूलाई  स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गरिएको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए।

युवाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर सङ्गठित गर्ने, युवाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने, समाजवादको आधार तयार गर्न राजनीतिक, वैचारिक, सांगठानिक र सांस्कृतिक रूपान्तरण भेलाको एजेण्डा रहने संयोजक देवकोटाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस