साउदीबाट ९३ नेपालीले पाए एक्जिट भिषा, ६० दिनभित्र देश छोड्न निर्देशन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साउदीबाट ९३ नेपालीले पाए एक्जिट भिषा, ६० दिनभित्र देश छोड्न निर्देशन 


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । खाडी मुलुक साउदी अरबमा अवैधानिक रूपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

 रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्राप्त गरेका हुन ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दूतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । 

जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने वातावरण तय गरिदिएको हो ।

एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस