राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको पद थपसहित दुई जना बढुवा  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको पद थपसहित दुई जना बढुवा 


२६ श्रावण २०७९, बिहिबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद थपसहित दुई जनालाई बढुवा गरेको छ । 

बिहीबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थपसहित हुत्तराज थापा र ओम जोशीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन  सिहदरवार ब्युरोलाई बताए । 

यससँगै अव अनुसन्धानमा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने भएका छन् । मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते अनिवार्य अवकाश लिएसँगै अहिले बढुवा थापा र जोशीमध्ये एक जना सङ्गठन प्रमुख हुनेछन् । र, भदौ २३ पछि टेकेन्द्र कार्की अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा हुनेछन् ।

अनुसन्धानमा दरबन्दी थप्न लागेको कुरा यसअघि नै प्रशासन डटकमले प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी 

अनुसन्धान प्रशासन उच्च स्रोतका अनुसार थापा, जोशी र कार्की तीनै जना चिफ हुनेछन् । यदि पहिलो नम्बरमा थापालाई नै बढुवा गरेको अवस्थामा उनले तीन वर्ष नै खान पाउने छन् भने जोशी केही समय र त्यसपछि कार्कीले पालो पाउनेछन् । 

२३ सय हाराहारीमा रहेको अनुसन्धान विभागमा थप एआईजीपी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक आवश्यक नभएपछि खुमलटार र बालुवाटार मिलाउनकै लागि एक पद थप गरिएको हो । थापा प्रचण्ड निकट मानिन्छन् भने जोशी देउवा निकट हुन् ।

आजको बैठकले अर्थ सचिव नियुक्त गर्ने विषयमा छलफल गरेपनि नाम टुंगो भने अझै लगाउन सकेन । ‘छलफल चाहिँ भयो’, ती मन्त्रीले भने, ‘थप प्रधानमन्त्रीसँग सल्लाह गरेर कुनै एकलाई पर्सिसम्म पत्र दिइयला कि !’

Tags :
प्रतिक्रिया दिनुहोस