अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी 


८ श्रावण २०७९, आइतबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद थप्ने तयारी भइरहेको छ । सोमबार(भोली) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले एक दरबन्दी थपसहित दुई जनालाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने सरकारको तयारी रहेको प्रशासन बालुवाटार उच्च स्रोतले जनाएको छ । 

‘विभागमा रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा पहिलो नम्बरमा रहेका हुत्तराज थापालाई बढुवा गर्ने र राष्ट्रिय सुरक्षा परिषदमा दरबन्दी थपेर चौथो नम्बरमा रहेको ओम जोशीलाई पनि बढुवा गर्ने भन्ने कुरा छ,’ ती स्रोतले प्रशासन विशेष ब्युरोलाई जानकारी दिए । दोस्रो नम्बरका कुलदीप थापा केही दिन अघि मात्रै घर पुगिसकेका छन् ।  

विभागमा एक मात्र रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा तीन महिना पछि असार ३१ गते दोस्रो नम्बरमा रहेका थापालाई ४ दिनका नियुक्त गर्ने निर्णय गरेको थियो, उनी ३ गते अनिवार्य भई सकेका छन् । चार दिनलाई भए पनि धन्न फुली थप्दै पेन्सन थपिएको थियो ।  

सम्बन्धित समाचार : अनुसन्धानको एआइजीमा थापा नियुक्त

वैशाख ९ मा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त पदमा लामो समयसम्म पदपूर्ति नगरेकोबारे असार २८ गते प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार : रिक्त भएको तीन महिना पुग्नै लाग्दा पनि अनुसन्धान विभागले पाएन एआइजी

मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते अनिवार्य अवकाश लिएसँगै अहिले बढुवा थापा र जोशीमध्ये एक जना सङ्गठन प्रमुख हुनेछन् । र, भदौ २३ पछि (यदि भोलि दरबन्दी थप गरेको अवस्थामा) टेकेन्द्र कार्की अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा हुनेछन् ।

अनुसन्धान प्रशासन उच्च स्रोतका अनुसार थापा, जोशी र कार्की तीनै जना चिफ हुनेछन् । यदि पहिलो नम्बरमा थापालाई नै बढुवा गरेको अवस्थामा उनले तीन वर्ष नै खान पाउने छन् भने जोशी केही समय र त्यसपछि कार्कीले पालो पाउनेछन् । 

विभागमा करिब २३ सय हाराहारीमा जनशक्ति कार्यरत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस