कर्णाली करिडोरमा एक जना सैनिकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली करिडोरमा एक जना सैनिकको मृत्यु


२६ श्रावण २०७९, बिहिबार


हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन् ।

उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको हो । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् ।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस