सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२६ श्रावण २०७९, बिहिबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । आज सुन ५ सय रुपैयाँले घटेर प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँ कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने प्रतितोला सुन ९७ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसको मूल्य वुधवार प्रतितोला ९६ हजार ६ सय तोकिएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन कारोबार मूल्यको तुलनामा आज प्रतितोला ५ सय रुपैयाँले घटेर तोलाको १ हजार दुई सय २५ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस