एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल गर्ने  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल गर्ने 


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना पनि छ ।

आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको छ ।

सत्ता गठबन्धनका पाँच दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । उनीहरूले ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँडफाँटको गृहकार्य गर्दै आएका छन् । 

कार्यदलको दोस्रो औपचारिक बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस