जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले बताए ।

भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाँध्न मिल्ने उनले बताए । नेवारी समुदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात् प्रतिपदा तिथिमा मृत आफन्तहरूको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ ।

तर यसवर्ष पूर्णिमा दुई दिन भेटेको हुनाले प्रतिपदा पनि भोलि नै परेको ढुङ्गेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस