२४ घण्टामा ८६८ जनामा काेरोना संक्रमण, ३ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ८६८ जनामा काेरोना संक्रमण, ३ जनाको मृत्यु


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस