तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउनुपर्छ : देव गुरुङ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउनुपर्छ : देव गुरुङ


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङले निर्वाचनसम्बन्धी कार्य तालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिएको छ। सर्वोच्च अदालतको दुई रदुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ । यो मध्यावधि निर्वाचन पनि होइन। ७६ को ५ को सरकार विफल भएको पनि होइन । त्यस कारण निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा एउटा ऐन ल्याउन आवश्यक छ।’

Tags :
प्रतिक्रिया दिनुहोस