नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने, ओपनर नै टिम बाहिर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने, ओपनर नै टिम बाहिर 


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपालले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । पहिलो टी-२० अगस्ट २५ तारिखमा हुनेछ ।

यस्तै अन्तिम टी-२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टेम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र कुशल भुर्तेल टिममा अटाएनन्  । यस्तै, अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस