शे-फोक्सुन्डोमा पहिलो पटक सरकारी टोलीको अनुगमन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शे-फोक्सुन्डोमा पहिलो पटक सरकारी टोलीको अनुगमन


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक शे–फोक्सुन्डो ताल क्षेत्रको अनुगमन गरेको छ । तालमा मनोरञ्जन तथा घुमघाममा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूबाट बढी मूल्य लिने तथा म्याद गुज्रेका सामानहरू विक्रिवितरण भइरहेको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारी मीनराज रिमालको नेतृत्वमा खटिएको टोलीले अनुगमन गरेको हो । 

सप्रजिअ रिमालका अनुसार टोलीले करिब ११ हजार पाँच सय बराबरको म्याद गुज्रेका(भुजा, दालमोठ,औषधि, जुस, ग्लुकोज, मसला, बिस्कुट आदि) जफत गरी नष्ट गरेको छ । साथै अनुगमनका क्रममा पसल व्यवसाय दर्ता नगरी नै सञ्चालन गर्ने गरेको, मूल्य सूचीसमेत नराख्ने गरेको भेटिएको र दर्ता भएका व्यवसायीहरुलेसमेत समयमै कर चुक्ता नगरेको पाइएको सप्रजिअ रिमालले प्रशासनलाई बताए । 

उक्त क्षेत्रमा पहिलो पटक अनुगमन भएकोले सम्बन्धित व्यवसायीहरुलाइ सचेत मात्र गराई सामानहरू जफत गरी नष्ट गरिएको छ । टोलीले आगामी दिनमा पुनः अनुगमन गर्दा आउने क्रममा कानुनविपरितका व्यापारिक क्रियाकलाप गरे गराएको पाई जरिवानासहित कानुनी कारबाही गर्ने चेतावनी दिइएको रिमालले जानकारी गराए । 

Tags :
प्रतिक्रिया दिनुहोस