ग्लोबल आइएमई बैङ्क र माया मेट्रो अस्पतालबिच सम्झौता सम्पन्न « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

ग्लोबल आइएमई बैङ्क र माया मेट्रो अस्पतालबिच सम्झौता सम्पन्न


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालबिच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैङ्कका ग्राहकहरूले बैङ्कको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैङ्कको परिचय पत्र पेस गर्नु पर्नेछ । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरू गरी समय सापेक्षता अनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस