काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालबिच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेस गर्नु पर्नेछ । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरू गरी समय सापेक्षता अनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
