अपमानजनक नाम फेर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपमानजनक नाम फेर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नागरिकता दिने बेलामा राखिएका अपमानजनक नाम फेर्न गृह मन्त्रालयले अनुरोध सहितको सूचना जारी गरेपछि पहिलो चोटी एक जनाले निवेदन दिएका छन् ।

दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा मंगलबार निवेदन दिएको प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

दैलेख प्रशासनका सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार निवेदन दिनेवित्तिकै कार्यालयले जिल्ला प्रहरी कार्यालय र भगवतीमाई गाउँपालिकाकालाई मुचुल्का उठाउन पत्र पठाएको छ ।

मुचुल्कामा कुन कारणले अपमानजनक नाम रहन गएको र कुकुर कामी नाम गरेका व्यक्ति कविराम कामी नै हुन भन्ने विषयलाई उल्लेख गर्नुपर्ने लगायतका विषय उल्लेख हुने कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस