२४ घण्टामा १ हजार ९० कोरोना संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा १ हजार ९० कोरोना संक्रमण, २ जनाको मृत्यु


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ९० जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३८ संक्रमणमुक्त भएका छन् भने, २ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस