महानगरले नर्भिकको टहरा आजै भत्काउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महानगरले नर्भिकको टहरा आजै भत्काउने


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएको छ ।

महानगरको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नियम विपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काइने सापकोटाले बताए ।

महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १-८-१-८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ ।

तर अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने बताएको छ ।   

सम्बन्धित समाचार : जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन : नर्भिक अस्पताल

Tags :
प्रतिक्रिया दिनुहोस