जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन : नर्भिक अस्पताल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन : नर्भिक अस्पताल


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले यस्तो जानकारी गराएका हुन् ।

२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भई उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत् वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाइजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।

यसअघि काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस