काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडक खण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।

फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौँको फोहोर व्यवस्थापनमा पुनस् समस्या देखिएको छ ।

स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुनस् स्थानीयवासीले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस