निर्वाचन प्रयोजनार्थ आज दल दर्ता गर्दै एमाले  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचन प्रयोजनार्थ आज दल दर्ता गर्दै एमाले 


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज  दल दर्ता गर्ने भएको छ । 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो ।

पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ । 

निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरी निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस