नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


२३ श्रावण २०७९, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज साँझ ५ बजे पहिरो खसी सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस