मलेसियाले गर्‍यो दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियाले गर्‍यो दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द


२३ श्रावण २०७९, सोमबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडौँ । दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न मलेसियाले रोकेको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् ।

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो ।

मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन-१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो । संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस