डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ


२३ श्रावण २०७९, सोमबार


पक्राउ

धनगढी । कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ ।

कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस