चेक बाउन्स बैङ्किङ कसुर भएको सर्वोच्चकाे ठहर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चेक बाउन्स बैङ्किङ कसुर भएको सर्वोच्चकाे ठहर


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले रकम नभएर चेक नसाटिए अर्थात् चेक बाउन्सको विषय बैङ्किङ कसुर भएको ठहर गरेको छ ।

२२ वैशाख २०७९ मा न्यायाधीशहरू डा। आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले बैङ्क खातामा रकम छैन भन्ने जान्दाजान्दै चेक काट्नुलाई बैङ्किङ कसुर नै भएको फैसला सुनाएको हो ।

यसअघि ९ असार २०७६ सर्वोच्च अदालतकै न्यायाधीश द्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्सलाई बैङ्किङ कसुर मानेको थिएन ।

संयुक्त इजलासले चेक बाउन्सको विषय विनिमय अधिकार पत्र ऐन २०३४ अन्तर्गत पर्ने फैसला सुनाएको थियो । तर सर्वोच्चकै तीन न्यायाधीशको इजलासले भने चेक बाउन्सलाई बैङ्किङ कसुर नै भएको ठहर गरेको हो ।

हेर्नुहोस् फैसलाको संक्षिप्त आदेश:

Tags :
प्रतिक्रिया दिनुहोस