२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन नेप्सेमा दिनभर उतारचढावका बिच बजार परिसूचक घटेर बन्द भएको छ ।

सोमबार नेप्से १७.६७ अङ्क ९०.८३ प्रतिशतले गिरावट भएर २१०६.१६ अङ्कमा बन्द भएको छ ।

गत साता आइतबार र सोमबार बढेर मङ्गलवारदेखि शुक्रवारसम्म नै घटेको नेप्से यो आइतबार १० अङ्कले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ ।

गत साता सरकारले ४ मङ्सिरमा संघीय र प्रदेशसभाको चुनाव घोषणा गर्नुको साथै बजारलाई लिड गर्ने वाणिज्य बैङ्क तथा विकास बैङ्कहरूको सुधारोन्मुख वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

सोमबार उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक घटेको छ । अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैङ्क उपसूचक १.३९ प्रतिशत र बैङ्किङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही बढेको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७२ लाखको कारोबार हुँदा नबिल बैङ्कको १० करोड ८५ लाखको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८१ कम्पनीको सेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै युनिभर्सल नेपालको सेयर मूल्य पनि ५.५९ प्रतिशतले बढेर १९००० पुगेको छ ।

यता जानकी फाइनान्सको सेयर मूल्य ४.३१ प्रतिशतले गिरावट हुँदा सिनर्जी पावरको ३.५५ प्रतिशतले घटेको छ । एनआईसी एसिया सेलेक्ट फण्ड ६० को इकाइ मूल्य पनि ३.८४ प्रतिशतले घटेको छ ।