१८ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१८ अङ्कले घट्यो नेप्से


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । साताको दोस्रो दिन नेप्सेमा दिनभर उतारचढावका बिच बजार परिसूचक घटेर बन्द भएको छ ।

सोमबार नेप्से १७.६७ अङ्क ९०.८३ प्रतिशतले गिरावट भएर २१०६.१६ अङ्कमा बन्द भएको छ ।

गत साता आइतबार र सोमबार बढेर मङ्गलवारदेखि शुक्रवारसम्म नै घटेको नेप्से यो आइतबार १० अङ्कले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ ।

गत साता सरकारले ४ मङ्सिरमा संघीय र प्रदेशसभाको चुनाव घोषणा गर्नुको साथै बजारलाई लिड गर्ने वाणिज्य बैङ्क तथा विकास बैङ्कहरूको सुधारोन्मुख वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

सोमबार उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक घटेको छ । अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैङ्क उपसूचक १.३९ प्रतिशत र बैङ्किङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही बढेको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७२ लाखको कारोबार हुँदा नबिल बैङ्कको १० करोड ८५ लाखको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८१ कम्पनीको सेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै युनिभर्सल नेपालको सेयर मूल्य पनि ५.५९ प्रतिशतले बढेर १९००० पुगेको छ ।

यता जानकी फाइनान्सको सेयर मूल्य ४.३१ प्रतिशतले गिरावट हुँदा सिनर्जी पावरको ३.५५ प्रतिशतले घटेको छ । एनआईसी एसिया सेलेक्ट फण्ड ६० को इकाइ मूल्य पनि ३.८४ प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस