२४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस