मदन पुरस्कारका लागि छानिए ८ किताब « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मदन पुरस्कारका लागि छानिए ८ किताब


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन्।

मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो।

सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन्।

गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची बनाइएको हो।

यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस