पूर्वसिनेटरको शव जलाइएको अवस्थामा भेटियो  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वसिनेटरको शव जलाइएको अवस्थामा भेटियो 


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । श्रम तथा सामाजिक मामिला मन्त्रालयमा काम गरेका पूर्वसिनेटरलाई हाइटीको राजधानी नजिक हत्या गरिएको छ । 

भोन बुइस्सेरेथ र नाम नखुलेका उनका भतिजाको शव सँगै जलाइएको अवस्थामा फेला परेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

उनीहरूको लाश लावुले समुदायमा भेटिएको प्रहरीले जनाएको छ । गत वर्षको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइसलाई आफ्नो निजी निवासमा हत्या गरिएको स्थान पेलेरिन नजिक उनीहरूको लाश भेटिएको हो । 

पछिल्लो समय हाइटीको सामाजिक आवास प्रवर्द्धनका लागि सार्वजनिक कम्पनीका निर्देशक रहेका बिस्सेरेथ र उनका भतिजाको लाश सरकारी कारभित्र जलाइएका अवस्थामा फेला पारिएको हो । 

सरकारी अधिकारीहरूले सो क्षेत्रमा आफ्नो नियन्त्रण जमाउने प्रयासमा रहेको कुनै आपराधिक समूहको यस घटनमा हात हुनुपर्ने बताएका छन् । सो क्षेत्रमा आफ्नो कावु राख्न दि टि मकाक ग्यांग र टोटो ग्यांगबीच कडा प्रतिस्पर्धा चल्दै आएको छ । 

राष्ट्रपति मोइसको हत्या पश्चात् राजधानी पोर्ट ओ प्रिन्समा ग्यांगहरूबीचको भिडन्त चर्किँदै गइरहेको छ । ती ग्यांगहरूले दर्जनौँ सर्वसाधारणको हत्या गरिसकेका छन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पूर्वसिनेटरको हत्याको कडा शब्दमा निन्दा गरेका छन् । 

हाइटी विश्वका अति गरिब मुलुकमध्ये एक हो । 

Tags :
प्रतिक्रिया दिनुहोस