२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसिनेटरको शव जलाइएको अवस्थामा भेटियो 

अ+ अ-

काठमाडौँ । श्रम तथा सामाजिक मामिला मन्त्रालयमा काम गरेका पूर्वसिनेटरलाई हाइटीको राजधानी नजिक हत्या गरिएको छ । 

भोन बुइस्सेरेथ र नाम नखुलेका उनका भतिजाको शव सँगै जलाइएको अवस्थामा फेला परेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

उनीहरूको लाश लावुले समुदायमा भेटिएको प्रहरीले जनाएको छ । गत वर्षको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइसलाई आफ्नो निजी निवासमा हत्या गरिएको स्थान पेलेरिन नजिक उनीहरूको लाश भेटिएको हो । 

पछिल्लो समय हाइटीको सामाजिक आवास प्रवर्द्धनका लागि सार्वजनिक कम्पनीका निर्देशक रहेका बिस्सेरेथ र उनका भतिजाको लाश सरकारी कारभित्र जलाइएका अवस्थामा फेला पारिएको हो । 

सरकारी अधिकारीहरूले सो क्षेत्रमा आफ्नो नियन्त्रण जमाउने प्रयासमा रहेको कुनै आपराधिक समूहको यस घटनमा हात हुनुपर्ने बताएका छन् । सो क्षेत्रमा आफ्नो कावु राख्न दि टि मकाक ग्यांग र टोटो ग्यांगबीच कडा प्रतिस्पर्धा चल्दै आएको छ । 

राष्ट्रपति मोइसको हत्या पश्चात् राजधानी पोर्ट ओ प्रिन्समा ग्यांगहरूबीचको भिडन्त चर्किँदै गइरहेको छ । ती ग्यांगहरूले दर्जनौँ सर्वसाधारणको हत्या गरिसकेका छन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पूर्वसिनेटरको हत्याको कडा शब्दमा निन्दा गरेका छन् । 

हाइटी विश्वका अति गरिब मुलुकमध्ये एक हो ।