इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त


२२ श्रावण २०७९, आइतबार


ramesh belbase

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । 

गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 

हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैङ्किङ लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । 

मर्चेन्ट एण्ड बैङ्किङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस