२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा देखियो डिप्रेसन 

अ+ अ-

काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो ।

यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।

सन् २०२१ को मध्यमा स्वास्थ्य विज्ञानका विद्यार्थीमा गरिएको अर्को एक सर्वेक्षणमा ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशतमा एन्जाइटी र २९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।

कोभिड–१९ संक्रमण भएका बिरामीहरूमा पनि १५ प्रतिशतमा एन्जाइटी र सात प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो । यो सन् २०२० को मे र जुनमा विभिन्न अस्पतालका ज्वरो क्लिनिकहरूमा गरिएको सर्वेक्षण रिपोर्ट हो ।

महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.खगेश्वर गेलालाका अनुसार एकपटक संक्रमण भएकाहरूमा अहिले पनि यस्ता समस्या पोस्ट कोभिड लक्षणका रूपमा देखा परिरहेका छन् । विशेषगरी एक वा एकभन्दा बढी दीर्घरोग भएका ज्येष्ठ नागरिकलगायत व्यक्तिमा पोस्ट कोभिडको समस्या देखिएको डा. गेलालले बताए ।