अमेरिकाको ओहायोमा गोलाबारी, ४ जनाको मृत्यु « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

अमेरिकाको ओहायोमा गोलाबारी, ४ जनाको मृत्यु


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ  । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।  

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्लर क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् । 

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ । 

Tags :
प्रतिक्रिया दिनुहोस