आजका लागि समय पाएका यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने (सूचनासहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजका लागि समय पाएका यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने (सूचनासहित)


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । राहदानी लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फारम खुल्ने गरेको छ ।

गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आजका लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ । 

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरू ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ । 

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरू ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३०  को अपोइन्टमेन्टहरूलाई  मंगलबार आवेदन फारम पेस गर्ने मिति तोकिएको विभागले जनाएको छ । 

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस