२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्जो आबेसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहेको थिएँ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट आफू सम्पर्कमा रहने गरेको बताएका छन् ।

शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभल–२०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले जापानका पूर्व प्रधानमन्त्री आबेसँग राम्रो सम्बन्धमा रहेको बताएका हुन् ।

यसअघि अध्यक्ष प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री आबे नेपाल आउँदा २र३ पटक कुराकानी भएको बताएका थिए । नरिता विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, ‘म जापान आउने तय भएसँगै पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २र३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो ।’

२६ सेप्टेम्बर २००६–२६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२–१६ सेप्टेम्बर २०२० सम्म जापानको प्रधानमन्त्री भएका आबेले नेपाल भ्रमण नगरेको उल्लेख गर्दै दाहालको दाबी गलत भएको समाचार प्रकाशित भएको थियो । नरिता विमानस्थलमा गलत दाबी गरेका दाहालले फुकुओकामा सच्याएका हुन् ।

फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै उनले भने, ‘एक–डेढ महिनाअघि नै जापान आउने निर्णय भएको थियो । त्यति बेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका रूपमा पनि जापानका पूर्व प्रधानमन्त्री आबेसँग विभिन्न रूपले म सम्पर्क र कुराकानीमा हुने गरेको थिएँ । र, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग भेट्ने र फेरि एक चोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्‍याएको थिएँ । तर दुर्भाग्य उहाँको यहीबिचमा बडो दुर्भाग्यपूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोक सन्तप्त परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’

विस्तृत शान्ति सम्झौतापछि संविधानसभा निर्वाचनकै बेला आफूलाई जापान भ्रमण गर्ने इच्छा भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस