नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ : प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ : प्रचण्ड


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् । 

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो । 

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरूको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए ।  

सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो । 

नेतृत्वले इमानदार प्रयास गर्‍यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नो जापान भ्रमण र त्यहाँका नेपालीहरूसँगको अन्तरक्रिया फलदायी हुनेमा उनी ढुक्क देखिएको उनले बताएका छन् ।  । 

Tags :
प्रतिक्रिया दिनुहोस