परराष्ट्र मन्त्री खड्का चीन भ्रमणमा जाने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परराष्ट्र मन्त्री खड्का चीन भ्रमणमा जाने


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो ।

चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा दुई मुलुकबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस