सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ। सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइसियुमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए ।

नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस