यमनमा बाढी र चट्याङमा परी १६ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यमनमा बाढी र चट्याङमा परी १६ जनाको मृत्यु


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । यमनमा भीषण बाढी र चट्याङका कारण १६ जनाको मृत्यु भएको छ।

उत्तर पश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउ छाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन्। 

देशमा प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणालीमा थप क्षति पुर्‍याएको छ भने स्वच्छ खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधार भत्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जसबाट त्यहाँ वर्षायाममा महामारी फैलिन सक्ने जोखिम बढेको अधिकारीहरूको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस