२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँग पुनः तालमेल वा एकता गर्न यस्ता छन् वर्षमान पुनका सर्त !

अ+ अ-

काठमाडौँ ।  माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा पार्टी एकता हुन सक्ने बताएका छन् । 

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए । 

सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारेका छन् । 

पुनले एमाले नेताहरूसँग आफूहरूको संवाद भइरहेको समेत खुलासा गरेका छन् । दीर्घकालीन रूपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरू नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।

पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा रहेको र संदि विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे ।  मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धनसँग आफ्नो लगाब रहेको उल्लेख गरे ।

यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए । अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोस्रो दल बनेको कुरालाई काँग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे । माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न काँग्रेस नेतृत्वलाई चेतावनी दिए । 

नेपालमा परम्परागत शक्तिको नेतृत्व काँग्रेसले र  प्रगतिशील वामपन्थी शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्दै उनले तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको औँल्याए । 

वाम-लोकतान्त्रिक गठबन्धन कांग्रेस-एमाले हाराहारीको शक्ति बन्ने र मुलुकको राजनीतिमा त्रिपक्षीय शक्ति सन्तुलन देखा पर्ने  दाबी उनको थियो । देशमा काँग्रेसले परम्परावादी शक्ति र आफूहरूले प्रगतिशील वामपन्थी शक्तिको अगुवाइ गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै आएको टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस