दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


१८ श्रावण २०७९, बुधबार


पक्राउ

दाङ । दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।

बालिकाले यौनअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस