२४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस