सर्वोच्चको भवन निर्माणबारे निष्पक्ष रूपमा छानबिन गर्न ट्रेड युनियनको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चको भवन निर्माणबारे निष्पक्ष रूपमा छानबिन गर्न ट्रेड युनियनको माग


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा रहेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतहरूको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्षरुपमा छानबिन गर्न माग गरेको छ ।

युनियनहरूले यसबारे छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै अनियमितता भएको देखिए दोषी उपर कारबाही गर्न र सर्वोच्च अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न माग गरेका हुन् ।

अध्यक्ष नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले विज्ञप्ति जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस