६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप १६ लाख ५० हजार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप १६ लाख ५० हजार


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । ६ लाख घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ ।

उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रशासन विशेष ब्युरोलाई बताए ।

प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले उपसचिव नेपाललाई काठमाडौँ महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित होटेल अरण्यको परिसरबाट नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार : ६ लाख घुससहित उपसचिव पक्राउ 

Tags :
प्रतिक्रिया दिनुहोस