जनार्दन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ ओलीको टिप्पणी « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

जनार्दन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ ओलीको टिप्पणी


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनु सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे ।

‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धरातलमा कत्रो हमला, गोरु पनि लजायो होला’ ओलीले भने ।

गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताउँदै उनले भने  ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाज शरम किन मान्ने रु लोक लाज किन मान्ने ? काँग्रेसको भनाइ हो ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस