गण्डक ब्यारेजका सबै ढोका खुला  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डक ब्यारेजका सबै ढोका खुला 


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नारायणी नदीमा पानीको सतह बढ्दै गएसँगै त्रिवेणीधामस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । 

सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको जनाइएको छ । 

नारायणीमा पानीको सतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रूपमा लिइन्छ। पानीको सतह अहिले सात दशमलव एक मिटर रहेको छ। 

भारतले त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर सिँचाइका लागि पानी लैजाने गरेको छ। हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन्। आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस