३६५ केजी सुपारी मेचीनगरबाट बरामद « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

३६५ केजी सुपारी मेचीनगरबाट बरामद


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ। झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी बरामद भएको छ ।

अवैध रूपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १६० केजी सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस