म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, तीन बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, तीन बेपत्ता


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा गयराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना बेपत्ता भएका छन्। 

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको स्थानीयको भनाइ छ।  स्थानीयबासीहरुले पुरिएको घरबाट दुई जनाको शव निकालेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। 

इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिँडिसकेको जनाइएको  छ । पहिरोले दुईवटा घर, एक गोठ पुरेको र दुईजना घाइते भएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस