साफ यू-२० च्याम्पियनसिप : आज बङ्गलादेशसँग खेल्दै नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साफ यू-२० च्याम्पियनसिप : आज बङ्गलादेशसँग खेल्दै नेपाल


१७ श्रावण २०७९, मंगलबार


काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।

तर, अङ्क तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बङ्गलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।

बङ्गलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ । यदि भारतले मालदिभ्ससँग हारेमा नेपाल फाइनल पुग्नेछ । यस्तै मालदिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बङ्गलादेशमाथि १ गोलको जितले पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस