वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित, पाँच खेलको शृङ्खला १-१ को बराबरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित, पाँच खेलको शृङ्खला १-१ को बराबरी


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । वेस्ट इन्डिजले दोस्रो टी-२० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला १-१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।

त्यस अघि  टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । भारतका हार्दिक पाण्डेयले सर्वाधिक ३१ रन बनाए । यस्तै,  रवीन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे ।

बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज  हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस