अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शन गर्ने २५ पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शन गर्ने २५ पक्राउ


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौँको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

यूथ काँग्रेस नेपालको आह्वानमा युवा अभियन्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । सोक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको यूथ कङ्ग्रेस नेपालले जनाएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिबाट करका दर हेरफेर गरेको आरोप लागेका शर्मालाई संसदीय छानबिन समितिले राम्ररी छानबिन नै नगरी निर्दोष ठहर गर्दै पुनः अर्थमन्त्री बनाइएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस